एएफसी एसिया कपमा नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा

ताजकिस्तानले हान्यो पेनाल्टीमा २ गोल

Nepal tajakisthan

काठमाडौं । एएफसी एसिया कप २०१९ छनोट खेलमा नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

समूह ‘एफ’ को खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भइरहेको छ । खेलमा ताजकिस्तानले पेनाल्टीमा दुई गोल गरेको छ । नेपालले हालसम्म गोल गर्न सकेको छैन ।

भरत खवासको कप्तानीमा भइरहेको खेलमा ताजकिस्तानले निक्कै राम्रा अवसरहरु गुमाएको छ ।खेलमा नेपाली खेलाडीले निक्कै उत्साहपूर्वक खेलिरहेको भए पनि गोल गर्न भने चुकेको देखिएको छ ।

नेपाली खेलाडीहरु अहिले रक्षात्मक ढंगले खेलिरहेका छन् । निक्कै आक्रमक रुपमा नेपाली खेलाडी प्रस्तुत भइरहेका छन् । पछिल्लो समयमा नेपाली गोलकिपरमा किरण लिम्बुले गोलको बचाउ गरिरहेका छन् ।

नेपालका तर्फबाट डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ र देवेन्द्र तामाङलाई जिम्मेवारी दिइएको छ। रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, र सुजल श्रेष्ठलाई मिडफिल्डमा छन् । फरवार्डमा विमल घर्तीमगर, जर्जप्रिन्स कार्की र भरत खवास छन् ।

नेपाल समूह ’एफ’ को अंक तालिकाको पुछारमा छ । खेलेका ३ मध्ये नेपाल २ खेलमा पराजित भएको छ भने १ खेलमा बराबरी खेलेको छ । समूहमा १ अंक मात्र भएकाले नेपालका लागि आज हुने ताजकिस्तान विरुद्धको खेल महत्वपूर्ण मात्र होइन, निर्णायक हुने छ ।

शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ तथा तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन् । समूहका शीर्ष २ टिम २ वर्षपछि यूएईमा हुने एसिया कपमा छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...