कृषिमा स्थानीय सरकारको मनोमानी, किसान आन्दोलित

Farsi kheti

काठमाडौँ । कृषि क्षेत्रमा छुट्याएको बजेट स्थानीय सरकारले अन्य क्षेत्रमा रकमान्तर गर्दै लगेपछि किसान आन्दोलित हुने भएका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले मंगलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले स्थानीय सरकारले कृषिमा बजेट विनियोजन नगरेका कारण किसानले आन्दोलन थाल्ने चेतावनी दिए ।

दिगो कृषि, खाद्य सम्प्रभुता र कृषि संरचनाबारे किसानलाई एकजुट हुन आग्रह गरिएको अभिमुखीकरण कार्यक्रममा देशभरका कृषि समूहका अध्यक्ष तथा प्रतिनिधिको उपस्थित थियो ।

स्थानीय सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट डोजर, गाडी खरिद, बाटो निर्माण वा कार्यालय भवन निर्माण अतिरिक्त अन्य कार्य गर्दै आएको देखिन्छ ।

कृषि विकास मन्त्रालयले कृषि र पशुपक्षी कार्यक्रमका लागि आर्थिक वर्ष २०७४÷७५ मा ३० अर्ब ४० करोड रकम छुट्याएको छ । कृषि क्षेत्रको व्यावसायिकीकरण र आधुनिकीकरण सुधारमा विनियोजन भएको उक्त रकम स्थानीय निकायले खर्च गर्न पाउने कानूनी अधिकार प्रत्यायोजन गरिएको छ ।

त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि अनुदानमा भएका अनियमितताको अन्त्य, बाँदरले पु¥याएको क्षतिको न्यूनीकरणको आवश्यकता, रैथाने बीउबिजनको संरक्षण गर्नुपर्ने बताइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...