अायल निगमको के कुरा गर्नुहुन्छ ? यो सरकार नै भ्रष्टाचारी छ : ओली

भन्ने, शुन्य सहनशीलता, पाएसम्म झ्वाम पार्ने !

Kp oli 1

बिराटनगर । एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिराटनगर पुगे विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानि भयो । सञ्चारकर्मीले प्रश्न गरे- आयल निगमको भ्रष्टाचारबारे प्रतिपक्षी दल एमालेले किन मौनता सााधेको ?

उत्तरमा ओलीले भने, ‘नेकपा एमालेले मौनता सााधेको भन्नुभयो, एमाले कुनै पनि कुरामा मोलाहिजा गर्दैन, मौनता सााध्दैन । भ्रष्टाचार भएको छ भने त्यसको मतियार पनि हुादैन । भन्ने, सुन्ने सहनशीलता, पाएसम्म झ्वाम पार्ने ! यसमा संलग्नता कसको छ ?’

ओलीले पत्रकारलाई प्रश्न गरे- तपाईहरुलाई थाहा छ ? कहिले कहिले केकेमा कति कति भ्रष्टाचार भएको छ ? अलिकति बोल्नोस् न कमसेकम ।’

आयल निगमको बारेमा प्रश्न सोधेका पत्रकारलाई ओलीले भने ‘एउटा एउटा ईस्युको मात्रै कुरा गर्नुहुन्छ, एउटा ईस्यु होइन, हजार ईस्यु छन् । यो सरकार नै भ्रष्टाचारी छ ।’

‘यो सरकारले एकठाउमा मात्रै होइन नि, ठ्याक्कै चुनावको अगाडि लाइसेन्स दिएर चुनाव खर्च उठाएको त्यो त थाहा होला । त्यतिबेला मिलेन भनेपछि पहिलो हप्ता दिन्छौं भनेर ३१ गते चुनाव छ, दुई/तीन गतेभित्र लाइसेन्स दिएको पनि थाहा होला । हामी पनि सञ्चार माध्यमबाटै थाहा पाइराखेका छौं ’ओलीले भने ।

वर्तमान सरकार कानुनको भन्दा बलको मार्गमा हिड्न उद्दत्त रहेको आरोप लगाए । उनले राज्यको अंग र निकायहरुलाई आफ्नो अनुकुलतामा सरकारले हिाडाइरहेको बताए । अहिलेको सरकारले भ्रष्टाचार गर्ने कुरामा मात्र रेकर्ड नबनाएर जम्बो मन्त्रिमण्डल निर्माण गर्ने रेकर्ड बनाएको बताए । पाएको खण्डमा आफ्ना सबै सांसदलाई मन्त्री बनाउन सरकार तयार रहेको भन्दै ओलीले देउवा सरकारप्रति व्यंग्य गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...