बल्ल लाग्यो ओलीलाई मधेशको निर्वाचन

शुक्रबार मधेश झरेर के गर्लान् ओलीले ?

Oli comred 123

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार सभालाई सम्बोधन गर्न मधेश जाने भएका छन् ।

एमालेका सम्पूर्ण पदाधिकारीहरु मधेशमा रहेका भएपनि ओली शुक्रबार मात्र प्रदेश नं २ का चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन । उनले जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार प्रदेश नं २ का ८ जिल्लाका फरक फरक ठाँउमा दर्जन बढि आभसभाहरुमा एमाले शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको शुक्रबार बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरुमा सक्रिय रहेका छन् ।

आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहेका छन् । उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि २ नं प्रदेशका विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सरिक र सक्रिय छन् भने पार्टी महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी छन् । उनि शुक्रबार सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...