बीस प्रजातिक जडीबुटी निर्यात

Oooooooooo

बागलुङ । जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो ।

पच्चीस हजार चार सय ९० किलो जडीबुटीबाट दुई लाख ७५ हजार राजश्व संकलन भएको छ ।
सबैभन्दा बढी ६७ हजार तीन सय ९० किलो सल्लाको खोटोको कारोबार भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए ।

सातवटा सामुदायिक वनमा भएको खोटो संकलनबाट उपभोक्ता समूहले आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो संकलन र त्यसको कारोबारबाट एक लाख २७ हजार राजश्व संकलन भएको विकले बताए । जिल्ला समन्वय समिति करबापत ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ ।

खोटोको कारोबारको लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको छ । ती कम्पनीले आव २०६७/६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छ । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् ।

“संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी खेर गइरहेका छन्” विकले भने “यहाँको जंगलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र संकलन हुन सकेको छैन ।” उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन” ।

आव २०७२र७३ मा बाह्र प्रजातिका ११ हजार ८ आठ ७९ किलो जडीबुटीको कारोबार हुँदा एक लाख २८ हजार राजश्व संकलन भएको थियो । इजाजत पत्र लिएपछि वन कार्यालयले संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रमअन्तर्गत वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस