‘प्रधानमन्त्री कार्यकारी प्रमुख हो, उहाँलाई कारवाही गर्न मिल्दैन’ : प्रमुख निर्वाचन आयुक्त

Ayodhi prasad yadav

काठमाडौं । सरकारले केही दिनअघि मन्त्रिमण्डल बिस्तारमा आयोगले असहमति जनाए पनि कारवाही गर्न नमिल्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव भन्छन्, ‘म प्रधानमन्त्रीलार्य कारवाही गर्न सक्दिन ।’

‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नुभएन, मैले ध्यानाकार्षण गराएको छु, बस त्यती हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन ।’ तर, उनले आयोग निरीह भने नभएको बताए ।

‘प्रधानमन्त्रीज्यूले अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल बिस्तार गर्नु बाध्यता भएको बताउनु भएको छ’ उनले भने, ‘प्रधानमन्त्रीले नै त्यसो भनेपछि आयोग अब बढी विवाद गर्न चाहँदैन ।’

प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले दैनिक कामकाज गर्न कठिनाई हुँदा गरेको कामलाई आयोग बाधक नबन्ने पनि बताए । उनले भने, ‘सरकारले दैनिक काम गर्न आवश्यक पर्ने काम गर्न सक्छ, सबै कुरामा आयोगले अफ्ठेरो पारेर मात्र हुँदैन ।’

उपप्रधानमन्त्री गच्छदारसँग स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टीकरण मागेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव भने, ‘राष्ट्रिय नेताहरुले स्पष्टीकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ ।’

यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे । उनले भने, ‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिनअघि मात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भए पनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ ।’

उनले रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको कार्यक्रममा आचारसंहिता उल्लंघनलाई उत्साहसँग जोडेर हेर्नसमेत आग्रह गरे । यादवले भने, ‘२० वर्षपछि निर्वाचन हुँदैछ, मतदाताहरु ज्यादै उत्साही छन्, उहाँहरुले होलीको पर्वजस्तो, रंग र अविर लगाएर उत्साह मनाइरहनुभएको छ’ उनले भने, ‘छिटफुट रुपमा आचारसंहिता पनि उल्लंघन भएका घट्नाहरु आइरहेका छन् । तर हामीले कडाईका साथ नियमन गरिरहेका छौं ।’

तडकभडक गरे उम्मेद्धवारी रद्द
उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने यादवले चेतावनी दिएका छन् ।

‘चुनावमा उम्मेद्धवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैन’ उनले भने, ‘यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेद्धवारहरुको उम्मेद्धवारी नै खारेजसम्म गरिदिन्छौं ।’ यद्धपी उनले मधेशमा अहिले सामाजिक–साँस्कृतिक पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने धाराणा राखे ।

सम्पूर्ण तयारी पूरा
उनले मतदाता परिचयपत्र लिएर मतदान गर्न मतदाताहरू उत्साहित भएको भन्दै उनीहरूलाई उत्साहित पार्ने काम पनि भइरहेको यादवले बताएका छन् । उनले मतदाता शिक्षाको काममा पनि आयोग लागिरहेको बताए ।

उनले निर्वाचनको सम्पूर्ण तयारी भइरहेको बताए । यद्धपी उनले केही अघिसम्म बाढीका कारण मधेशमा भयभित अवस्था रहेको भए पनि अहिले त्यो अवस्था नरहेको स्पष्ट पारे । उनले भने, ‘आयोगको अनुरोधमा नेपाली सेनाले आवातजावत सहज भएको छ, सुरक्षाको अवस्था पनि धेरै राम्रो छ, सम्पूर्ण सुरक्षाकर्मीहरु सरकारले डिप्लोईड गरिसकेको छ ।’

अधिकांश अधिकृतहरू निर्वाचन क्षेत्रमा पुगेको स्मरण गराउँदै यादवले भने, ‘२९, ३० र ३१ गते मतदाता परिचय पत्र लिन आउनेलाई उचित शिक्षा दिन हाम्रा साथीहरू लागिरहनुभएको छ ।’

यादवले निर्वाचनलाई जनताहरुले उत्साहको रुपमा लिएको उल्लेख गरे । उनले भने, ‘अहिलेसम्म कुनै अप्रिय घट्ना घटेका छैनन्, अकल्पनीय कुरा पनि आएका छैनन्, हामी निर्वाचन सफल बनाउन लागिरहेका छौं ।’ निर्वाचन सफल बनाउनको लागि उनले सहयोगी हातहरुको खाँचो रहेको भन्दै नागरिक समाज र पत्रकारहरुसँग विशेष आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...