महोत्तरी र धनुषालाई जोड्ने बेलिब्रिज निर्माण सम्पन्न

700px bailey coppename river

गौशाला । महोत्तरी र धनुषालाई जोड्ने रातो पुलमा मंगलबार बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ भने यातायात सुचारु भएको छ ।

साउन २८ गते आएको भीषण बाढीले रातो पुलको महोत्तरीतर्फको चौथो पिलर भासिएपछि पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित रातो पुलबाट यातायात अवरुद्ध हुँदै आएको थियो ।

पुलको पिलर भासिएपछि खोला भएरै यातायात संचालन हुँदै आएको थियो भने बाढी आएका बेला पटकपटक पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएकोमा मंगलबार सो पुलमा ३५ मिटर लामो बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको र यातायात सेवा पनि पुलमाथिबाटै सुचारु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार मंगलबारै मात्र निर्माण कार्य सम्पन्न भएको बेलिब्रिजको इञ्जिनियरबाट परीक्षण नभएकाले अहिले हलुका यातायातका साधन मात्रै पुलमाथिबाट चलाइएको छ भने मालबाहक ट्रक र बस अहिले पनि खोला भएरै सञ्चालन भएका छन् ।

तर इञ्जिनियरले बेलिब्रिजको भार थेग्ने क्षमता मापन गरेपछि पुलमाथिबाटै सबै यातायातका साधन चल्ने प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

प्रतिकृया दिनुहोस