गिटी कुटेर परिवार पाल्दै दृष्टिविहीन दर्जी

Download

म्याग्दी । एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उनको ठूलै जिम्मेवारी छ । आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आएको छन् ।

बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ ।श्रीमती र छोराको सहारामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँकै सार्वजनिक जग्गामा छाप्रोमा बस्दै आएका छन् ।

दर्जीको अवस्था देखेका र हाल विदेशमा रहेका प्रदीप सुवेदी, भूमिराज कार्कीलगायतले १ लाख ४० हजार संकलन गरी उनलाई सहयोग गरेको हो । दर्जीका २ छोरा १२ र ६ कक्षामा अध्ययरत छन् ।

दर्जीले भने ‘गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाइले घरमा बिहानबेलुकी चुलो बल्छ,’ । छोराको पढाइका लागि बेनीका नरेश श्रेष्ठले वार्षिक १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएपछि दर्जीलाई केही राहत मिलेको छ ।

उनको कान्छो छोराको आँखा पनि कमजोर छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त हुने भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधिको व्यवस्था गर्दै आएको बताउँछन् ।

सार्वजनिक जग्गामा बनाएको छाप्रो नगरपालिकाले सडक विस्तार गर्न भत्काउने भएपछि दर्जी चिन्तित बनेका छन् । उनले भने ‘छाप्रो भत्काएपछि मेरो उठिवास हुन्छ,’ दृष्टिविहीन भएकाले गिटी कुट्नबाहेक अरु केही गर्न नसक्ने दर्जीले सहयोगको याचना गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...