१ हजार ८ सय ७४ वर्ष पुगेको मानिस उदयपुरमा भेटिए , जिउदै प्रमाण सहित

Gggggggggggggggggggggggggg 721x430

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ ।

संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला १ सय देखि २ सय वर्षसम्मका हुन सक्छन् ।

तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन ।

आम नेपालीनागरिकको उमेर नेपाली नागरिताको प्रामाण पत्रले प्रमाणित गर्दछ । त्यही नागरिकताको प्रामाण पत्रलाई आधार मान्ने हो । र

उतको उमेर अहिले २ शताब्दी पुगि सकेको छ । अर्थात १ हजार ८ सय ७४ वर्ष पुगेको हो ।‘ खै मेरो नागरिकतामा मेरो उमेर १ हजार ८ सय ७४ वर्ष पुगेको छ रे,’ राज बहादुर राउतले भने, ‘मेरा बाबा र आमाले भनेअनुसार मेरो जन्म २००० साल हो र हाम मेरो उमेर ७४ वर्ष पुग्नु पर्ने हो ।’

१ हजार ८ सय ४५ वर्ष पुगेको ४÷८६०÷१२३५ नम्वर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्र नाथ आर्यालयले नागरिकता २०४४ साल चैत्र २९ गते प्रमाणित गरेका छन । अहिले राउतको उमेर ७४ वर्ष पुगेको छ ।

त्यसपछि २०७३ साल असार २० गते नागरिकाताको पहिलो प्रतिलिपी इलाका प्रशासन कार्यालय कटारीबाट लिएका छन । नागरिकताका अनुसार राउतले २०४४ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गाँउमा गएको टोलीबाट लिएका हुन् ।

उनको जन्म मिति वि.सं २००० साल हो तर, २÷२ पटक नागरिकता बनाउँदा समेत जन्म मिति वि.सं २०० साल लेखिदिए । जन्मेको महिना र गतेसम्म उल्लेख गरिएको छैन । नागरिताको आधारमा ७४ वर्षे बृद्ध राउतको उमेर अहिले १ हजार ८ सय ७४ वर्ष भयो ।

जुन सरकारी कर्मचारीकै गल्ती हो । ‘नागरिताको फोटो देखाउँदै पत्रकार जीवनाथदाहालले भने, ‘सेवाग्रहीप्रति सरकारी निकायका कर्मचारी गम्भिर नबन्दा बृद्धाको उमेर २ शताब्दी पुग्यो ।’

यता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी लिएका राउतको जन्म मिति समेत राम्ररी नहेरी प्रतिलिपी दिने इलाका प्रशासन कार्यालयका कटारी शाखा अधिकृत सुनिल पौडेल रहेका छन् ।

पौडेलले पनि कुनै त्रुटि नऔल्याइकन प्रमाणित गरेका हुन् । २०४४ सालमा गाँउमा गएको टोलीबाट विग्रेको नागरिकता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी बनाउँदा पनि सच्चिएन । इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले तत्काल सच्चाउने बताए ।

उनले भने– ०४४ सालमा टोलीले बनाएको नागरिता हराएपछि अभिलेख गाईघाट थियो । गाईघाटबाट प्mयाक्स मगाएर हतारमा काम गरेका थियाौँ । त्यो लेख्ने बहिनी हुनुथ्यो, निशा परियार । निशा परियारले समेत विसं २०० नै राखि दिनु भएछ ।

धेरै भीडभाड भएकाले मैले पनि हेरिन, सिधै प्रमाणित गरेर पठाइ दिए । अहिले मैले थाहा पाएँ । अब प्रशासन कार्यालय कटारी मार्फत ताप्ली गाँउपालिकामा पत्र लेखेर सम्बन्धित व्यक्तिको खोजी गरेर सच्याउँछौ । बृद्धको नागरिकतामा जन्म मिति नसच्चिनु कार्यालय प्रमुखको हैसियतले म दोषी हुँ । अब सच्चिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...