‘फुटसल’ मा आकर्षण बढ्दो

Footsal

बागलुङ । धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ ।

कोठाभित्र इनडोर खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका लागि फुटसल खेल्नको संख्या दैनिक बढ्दो छ ।

फुटसलका सञ्चालक राजु केसीका अनुसार मासिक एकमुष्ट भुक्तानी गरेर खेल्नेको मात्रै सात समूह छ । ५ जनाको समूहमा खेलिने फुटसलका लागि खेलाडीले मासिक ३० हजार बुझाउने गरेका छन् ।

‘शुरु गरेको छ महिनामै राम्रो प्रतिक्रिया आएको छ, हामी उत्साहित छौँ’सञ्चालक केसीले भने । केसीसहित ४ युवा मिलेर सवा करोड लगानीमा फुटसल सञ्चालनमा ल्याइएको हो । खेल मैदान, रेष्टुराँ, स्नुकर हाउसलगायत संरचना बनाउँदा लगानी थप बढेको सञ्चालकको भनाइ छ ।

फुटसलले खेलकुदको प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन र खेल पर्यटनका क्षेत्रमा टेवा पु¥याएको छ । खेलाडीका अतिरिक्त बिहान, बेलुकाका समयमा फुटसल हेर्न जाने दर्शकको संख्या पनि उत्तिकै छ । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालित फुटसल बिहान ५ बजेदेखि राति १० बजेसम्म खुला हुने गरेको छ ।

बिहान र बेलुकीको मुख्य समयमा फुटसल मैदान अति व्यस्त हुने गरेको अर्का सञ्चालक राजेश श्रेष्ठले बताए ।

फुटसलले खुला घाँसे मैदानमा खेलिने फुटबल खेलमा राम्रो सहयोग पु¥याउने खेलाडी बताउँछन् । केसी, श्रेष्ठ, सज्जन आचार्य, र प्रदीप शर्माले मासिक ३३ हजार भाँडा दिने गरी २ रोपनी जग्गा लिएर फुटसल मैदान बनाएका हुन् ।

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ । विशेष गरी शहरी युवामाझ लोकप्रिय बनेको फुटसलले हालै मात्र औपचारिक मान्यता पाएको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटसल लिग शुरु गरेपछि आधिकारिकता पूरा भएको हो । फुटसल खेलको औपचारिक शुरुआत सन् १९३० को विश्वकप फुटबलपछि उरुग्वेबाट शुरु भएको हो । चालीस मिनेट खेलाइने फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...