४ नम्बर प्रदेशका प्रहरी प्रमुख बमद्धारा पदभार ग्रहण

Bam pokhara

पोखरा । मूलुक नयाँ संघिय संरचनामा गएपछि सरकारले गरेको नयाँ व्यवस्था अनुसार प्रदेश नम्वर ४ को जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कमलसिंह बमले पदभार ग्रहण गरेका छन् ।

बलमले पोखरास्थित रहेको साविकको क्षेत्रीय प्रहरी कार्यालयको कार्यकक्षमा बुधबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा बमले स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय जनप्रतिनिधि र स्थानीय सरकार बनेको अवस्थामा बढेको नागरिकको अपेक्षाअनुसार प्रहरीले खटिनुपर्ने बताए । बमले आम नागरिकहरु प्रत्यक्ष प्रहरी कार्यालयमा आएर निर्धक्कसँग आफ्नो समस्या र गुनासाहरु राख्न सक्ने वातावरण बनाउन आवस्यक रहेको उनले बताए ।

मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथीको अवधारणा अनुरुपको कार्य गर्न बमले निर्देशन दिए । उनले प्रहरीकै कमजोरीका कारण कुनै घटना हुन नहुने बताउँदै बमले अपराध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस