मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा बुधवार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
उनले व्यापार प्रवद्र्धनका लागि विदेशमा नेपालको तर्फबाट वाणिज्यदूत नियुक्त गरेजस्तो विदेशमा सही सूचना सम्प्रेषण गर्नका लागि सूचनादूत नियुक्त गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाएको जानकारी दिए ।
उनले इमेल, इन्टरनेट लगायतका अत्यावश्यक सूचनाका सामग्री पर्यटन मार्गमा कसरी पु¥याउन सकिन्छ भन्नेबारेमा सञ्चार मन्त्रालय गम्भीर भएर लागेको बताए ।
मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रलाई सहज र सुलभ बनाउनका लागि आगामी हप्ता देशभरका टेलिकम क्षेत्रमा काम गर्ने कम्पनीको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिए ।
अर्को फरक प्रसंगमा मन्त्री बस्नेतले नेपाली जनताको झण्डै सात दशक लामो प्रतिक्षापछि संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि तोकिएकै समयमा सबै तहको निर्वाचन गर्न सरकार लागेको बताए । उनले भने, 'अब चाँडै मुलुकको राजनीतिक समस्यालाई समाधान गरेर आर्थिक समृद्धिमा लाग्नुपर्छ ।'
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको विकासका लागि सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए ।
राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल लगायतले पर्यटन पत्रकारिताका क्षेत्रमा कलम चलाएको नाटोजको उच्च प्रशंसा गरे।
देशभरका पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई एकीकृत गर्दै विसं २०७० मा स्थापना भएको नाटोजले देशका विभिन्न ठाउँमा जिल्ला शाखा स्थापना गरी काम गरिरहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचार
पर्यटनमन्त्री आलेविरुद्ध उजुरी
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको ...
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन कुनै बहाना गर्नुहुन्न, जुनसुकै हालतमा बन्नुपर्छ : मुख्यमन्त्री राउत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र यु...
प्रस्तावित क्षेत्रभन्दा केही वरपर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा
बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्...
अब फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने
काठमाडौँ । नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै उठेको समस्यालाई समध...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ‘अप्रेसन फ्लाइट’
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघ...
धार्मिकस्थलमा चहलपहल बढ्यो : तातोपानीमा आउन थाले बिरामी
गलेश्वर। म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि ज...
प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथ...
प्रतिकृया दिनुहोस