गौमुल गाउँपालिकाको बजेट २२ करोड सार्वजनिक

Zzq bajet

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४ ७५ का लागि २१ करोड ७४ लाख १९ हजार सातसयको बजेट सार्वजनिक भएको छ ।

गत आवको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ तीन करोड २९ लाख ७२ हजार दुई सय र चालुतर्फ १८ करोड ३४ लाख ८९ हजार एकसय रकम विनियोजन गरेको गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिका सभाबाट भौतिक पूर्वाधारमा पाँच करोड दुई लाख, आर्थिक विकासमा एक करोड ८३ लाख, सामाजिक विकास क्षेत्र एक करोड २२ लाख ४० हजार, वातावरण, विपद् जोखिम न्यूनीकरणमा १४ लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा १५ लाख, वित्तीय व्यवस्थापन तथा सुशासनमा नौ लाख र चालुतर्फ दुई करोड २९ लाख पाँच हजार क्षेत्रगतरुपमा विनियोजन गरिएको रोकायाले पत्रकार सम्मेलनमार्फत जानाकरी दिएका छन् ।

स्वास्थ्यमा पहँुच पु¥याउन १५ श्ययाको अस्पताल व्यवस्था गर्ने, प्रत्येक वडामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने, पाँच वर्ष भित्र खानेपानी व्यवस्थित गरी प्रत्येक जनताको घरमा खानेपानीको पहुँच पु¥याउने, गाउँपालिकामा सांस्कृतिक संग्रहालय स्थापना गर्ने कृषिलाई आधुनिकीकरण गर्दै लैजाने, पर्यटन प्रवद्र्धनका लागि योजना तयार गर्ने नीतिगत निर्णय भएको थापाको भनाइ रहेको छ ।

गाउँसभामा ‘एक घर एक रोजगारको नीति’ लिइने बताइएको छ । नागरिकता र मार्क्सिट धितो राखी युवालाई ऋण उपलब्ध गराउने पनि निर्णय भएको छ । गाउँसभामा सहकारी सडक तथा पुलको गुरुयोजना बनाई पाँच वर्षमा प्रत्येक वडामा मोटर बाटो निर्माण गरिने भएको छ ।

सभाले ऊर्जा, सिँचाइ, लघु तथा साना जलविद्युत् आयोजना, सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापन र सुशासनका नीतिगत निर्णय भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका प्रमुख हरिबहादुर रोकायले जानकारी गराए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस