थप एक गैँडा उद्धार

Rhino.jpg

चितवन । अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेको एउटा गैँडालाई उद्धार गरी यहाँ ल्याइएको छ ।

शुक्रबार नियन्त्रणमा लिइएको सो पोथी वयस्क गैँडालाई आज बिहान सौराहा ल्याइपु¥याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार शनिबार बिहान करिब ७ः३० बजे सो गैँडालाई सौराहाको हात्तीसार नजिकै जनकौली मध्यवर्ती सामुदायिक वनमा छाडिएको छ ।

यससँगै बाढीले भारत पु¥याएका ५ गैँडाको उद्धार गरी फिर्ता ल्याइएको छ ।
वाल्मीकि टाइगर रिजर्भमा अझै १ गैँडा बाढीले पु¥याएको छ ।

सो गैँडा ल्याउने प्रयास भइरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैँडालाई डार्ट बन्दुकबाट लठ्याउने सुई लगाउने काम गरेर ल्याइन्छ जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २ सय कर्मचारी परिचालन गरिएको छ ।

यसअघि भारतबाट ४ गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैँडामध्ये २ पोथी माउ तथा १ भाले र १ पोथी बच्चा थिए । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु¥याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...