बाढीका कारण अस्तव्यस्त सौराहामा पर्यटकको चहलपहल शुरु

Aaa sauraha main

चितवन । पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ ।

डुबानका कारण होटलमा १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् ।

राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो । आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको छ ।

बाढी गएका दिन सौराहामा ६०० पर्यटक रहेका थिए । आजसम्म आइपुग्दा पर्यटकको संख्या दैनिक एक सयजना नाघेको घिमिरेले बताए । उक्त समयमा भएका बुकिङ रद्ध हुँदा रु चार करोडभन्दा बढी नोक्सान भएको उनले बतए ।

सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरु गरेका थिए । दुवाडीले आज पनि होटलमा १० जना पर्यटक रहेको बताए । बाढी गएका दिन सो होटलमा ५७ जना पर्यटक रहेका थिए ।

पर्यटकको चहलपहल शुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी शुरु भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रदेश १ का मुख्यमन्त्री कम धनी, अर्थमन्त्री ऋणमा : को कति धनी छन् ? (सुचीसहित)

Pradesh 1 mantri

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र ...