डलर तस्कर पाइलट विदेश तालिममा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाएको छ ।

वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको हो । अवाले बिहीबार (भदौ ८) मा तालिमका लागि सिंगापुर जाँदैछन् ।


‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई लाइसेन्स अद्यावधिक गर्ने भन्दै थप लाखौं लगानी गरी कसरी विदेश तालिममा पठाउन मिल्छ ?’ निगम उच्च स्रोतले भन्यो, ‘उनको मुद्दाको छिनोफानो भएको छैन । भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ र त्यसको जिम्मेवारी कसले लिन्छ ?’

सम्बद्ध स्रोतका अनुसार अवालेलाई तालिममा पठाउँदा १४ लाखदेखि १६ लाखसम्म खर्च हुन्छ । त्यसबाहेक उनलाई प्रतिदिन २० हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ । अवालेले न्यूनतम १ साता सिंगापुरमा बिताउनेछन् ।

क्याप्टेन अवाले २०७३ वैशाख २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...