संशोधनको विपक्षमा भोट हाल्ने राप्रपाको निर्णय

Kamal thapa

४ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।


प्रमुख विपक्षी एमालेले पटकपटक विपक्षी मोर्चामा ल्याउन पहल गर्दा राप्रपाले संशोधन विधेयकमा नैतिक प्रतिवद्धता जनाइसकेको भन्दै अस्वीकार गर्दै आएको थियो । तर, पार्टीमा आएको फुटपछि हेटौंडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा उभिने निर्णय गरेको छ ।

राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान गर्न नसक्ने, मधेस केन्द्रीत दलहरु चुनावमा आउने भइरहेको तथा हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अघि नबढाएको तर्क तर्क गरेको छ ।

तर, नेताहरुका अनुसार मुख्य कारण पार्टी फुट नै हो । राप्रपा नेतृत्वले आफ्नो पार्टीमा आएको फुटमा सरकारको पनि भूमिका रहेको आरोप लगाएका छन् ।

त्यसको बदला स्वरुप संशोधनको विपक्षमा उभिने निर्णय भएको स्रोतको दाबी छ ।

संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा दफावार छलफल चलिरहेको छ । र, भोलि निर्णयार्थ पेश गर्ने तयारी छ । तर, राप्रपाले समर्थन नगर्ने भएपछि यो विधेयकको पक्षमा दुई तिहाई बहुमत नपुग्ने देखिएको छ ।

प्रचण्ड सरकारमा जानु गम्भिर भुल

राप्रपाले प्रचण्ड सरकारमा सहभागी हुनु गम्भिर भुल भएको ठहर गरेको छ । उसले भनेको छ, आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्युत्पादक हुन पुग्यो ।’

उपप्रधानमन्त्री लिएर राप्रपा अध्यक्ष कमल थापा आफैं प्रचण्ड सरकारमा गएका थिए । तर, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि सरकारबाट पछि हटेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...