सदर चिडियाखानाबाट ल्याइएका ३ वटै अर्ना मरे

Arna death

चितवन, । सदर चिडियाखानाबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका ३ वटै अर्ना मरेका छन् ।

चिडियाखानामा रहेका १ भाले र २ पोथी अर्ना निकुञ्जमा ल्याइएको थियो । गत माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट २ भालेसहित १२ वटा अर्ना र चिडियाखानाबाट १ भालेसहित ३ अर्ना ल्याइएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साता थप एउटा मरेपछि चिडियाखानाबाट ल्याइएका सबै अर्ना मरेका हुन ।

चिडियाखानामा तयारी खाना खाएका अर्नाले छाडिएका ठाउँमा खोजेर घाँस, पानी नखाएकाले आहाराकै कारण ती अर्ना मरेको अनुमान गरिएको छ । कोसीटप्पुबाट ल्याइएका अर्ना बथानमा हिँड्ने गरेको भए पनि चिडियाखानाबाट ल्याइएका अर्ना छुट्टाछुट्टै बस्ने गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर इन्क्लोजर निर्माण गरी राखिएको छ । बाघले अर्नाको शिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको छ । २ हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा निर्माण गरिएको खोरमा अर्ना राखिएको छ ।

इन्क्लोजरभित्र अर्नासँगै ४ बाह्सिंगे पनि रहेका छन् । शुक्लाफाँटाबाट ल्याइएका ७ बाह्सिंगेमध्ये ३ मरेपछि हाल एक भाले र तीन पोथी मात्र रहेको निकुञ्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...