पर्वतीय संग्रहालय : टिकटबाट अढाइ करोड आम्दानी

New notes

पोखरा, । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले एक वर्षका अवधिमा टिकट बिक्रीबाट करिब अढाइ करोड आम्दानी गरेको छ ।

आव २०७३÷०७४ मा विद्यार्र्थी १ लाख ८ हजार २ सय ९९, आन्तरिक पर्यटक ८६ हजार ५ सय ८९, सार्कस्तरीय पर्यटक १९ हजार २ सय ८७, अन्य बाह्य पर्यटक २३ हजार ६ सय ३९ र बगैँचामा २ हजार ६१ जना आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा संग्रहालयले २ करोड ४६ लाख १३ हजार ३ सय आम्दानी गरेको हो ।

नेपाल पर्वतारोहण संघद्वारा निर्माण गरी सञ्चालमा ल्याइएको सो संग्रहालयमा अघिल्लो आवको तुलनामा यस वर्ष करिब १ करोड १४ लाख बढी आम्दानी भएको संयोजक सन्तवीर लामाले जानकारी दिए ।

भूकम्प र नाकाबन्दीको कारण अघिल्लो वर्ष क्रमशः ४७ हजार ७ सय ६४, ६० हजार ६ सय ८२, ६ हजार ६ सय २०, १२ हजार ५ सय ८३ र २ हजार १ सय ३१ जनाले अवलोकन गर्दा करिब १ करोड ३२ लाख आम्दानी भएको थियो ।

विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ मध्ये ८ हिमाल नेपालमा पर्छन् । नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षसमेत रहनुभएका लामालेबताए ।

हिमालमा आजसम्म भएका गतिविधि र सो क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, वेशभूषा, संस्कृति, जैविक विविधता, वन्यजन्तु वनस्पति, खनिज पदार्थलगायत सम्पूर्ण जानकारी एउटै छानामुनिबाट लिन सकिन्छ ।”

विसं २०६० माघ देखि सञ्चालित संग्रहालयमा २०७३ साल कात्तिक ११ गते इतिहासमै सबैभन्दा बढी विद्यार्थीले अवलोकन गरेको दिन हो ।

उक्त दिन ३ हजार २ सय ५३ विद्यार्थीसहित ३ हजार ८ सय २७ जनाले टिकट काटेर अवलोकन गर्दा २ लाख ५ हजार ८ सय आम्दानी भएको लामाले बताए ।

पर्वतारोहण संघले खरिद गरेको १ सय रोपनी जग्गामध्ये लगभग चार रोपनी क्षेत्रफलमा पैmलिएको दुईतले संग्रहालय भवनमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा एवं आरोहण क्षेत्रमा हालसम्म भए गरेका गतिविधिका तस्बिर राखिएका छन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्री प्रदर्शन गरिएको संग्रहालयका प्रमुख बलप्रसाद राईले बताउनुभयो ।

उनका अनुसार पोखरा आउने आन्तरिक एवम् बाह्य पर्यटकका लागि थप गन्तव्य बनेको संग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ४० र सर्वसाधारण नेपालीका लागि ८० प्रवेश शुल्क लाग्नेछ ।

सार्कका पर्यटकलाई २०० र बाह्य पर्यटकलाई ४ सय र बगैँचामा प्रतिव्यक्ति २० टिकटको व्यवस्था गरिएको छ । नेपालमा ८ हजारभन्दा बढी उचाइका विश्वमान्यता प्राप्त ८ र नेपाल सरकारद्वारा गठित पिक प्रोफाइल सब कमिटीले सिफारिश गरेका थप छसहित १४, ७ हजार ५ सय देखि ७ हजार ९ सय ९९ मिसम्मका ४०, ६ हजारदेखि ६ हजार ९ सय ९९ मिटरसम्मका ६ सय ३ सहित एक हजार ९ सय १३ हिमचुचुरा छन् ।

संग्रहालयको भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको छ ।

बाहिरी भागमा आरोहण पर्खाल, मनास्लु हिमालको प्रतिरुप निर्माण गरिनाका साथै निकट भविष्यमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको नमूना तयार गरिने योजना संग्रहालयको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...