राष्ट्रिय सेवा दल तालिम प्रारम्भ

Nepal army

बैतडी, । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल एनसिसी तालिम प्रारम्भ भएको छ । बैतडीका २ विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता रहेको छ ।

दशरथचन्द नगरपालिका–८ मा रहेको जगदम्बा मावि, रानीबुङ्गा र दशरथचन्द नगरपालिका–५ मा रहेको दशरथचन्द मावि, सुन्दरखालीमा बुधबारदेखि उक्त तालिम प्रारम्भ भएको हो ।

प्रारम्भिक चरणमा दुवै विद्यालयका ३६÷३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम र त्यसपश्चात् २१ दिनको वार्षिक सामूहिक क्याम्प २१ दिनको तालिम सञ्चालन गरिने उनले बताए ।

७९ दिनको संस्थागत तालिम बैतडीमै सञ्चालन हुने र २१ दिनको वार्षिक सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन हुने बताइएको छ ।

सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...