व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती

Apaharangarne kt

दाङ । तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।

२६ जेठ साँझ साढे ७ बजे पुजाले नै टेलिफोन गरी ब्यापारी श्रेष्ठलाई बोलाएको र त्यसपछि अपहरणमा परेको तथ्य प्रहरीले सर्वजनिक गरेको हो ।

अपहरणमा संलग्न ४ जना पक्राउ परेपनि युवती भने फरार रहेकी छिन् । फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक लाख पुरस्कार दिने घोषणा समेत प्रहरीले गरेको छ ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ६ शान्तिनगरकी पुजा घर्तीले ब्यापारी श्रेष्ठलाई ६.४५ मा टेलिफोन गरेकी थिइन । उनकै फोनका आधारमा ब्यापारी श्रेष्ठ आफ्नो निजि सवारी साधन लिएर घरबाट निस्केका थिए ।

युवतीसँग निजि सवारी साधनमा गइरहेका बेला रमेश भन्ने मनबहादुर पुनमगर, रुगत थापामगर, अविरल महतरा र जमा पुन, र टिकाराम घर्तिले श्रेष्ठलाई अपहरण गरि सल्यान पुर¥याएका थिए ।

घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ३ जना फरार रहेका छन् । फरार हुनेमा युवतीसमेत छिन् सल्यानको छत्रेश्वरी ओडारमा हत्या गरी फालिएका ब्यापारी श्रेष्ठको शव प्रहरीले परिवारलाई बुझाएको छ । ब्यापारी श्रेष्ठको आज अन्त्यष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस