दिवा सेवा केन्द्रबाट बदलिँदै बौद्धिक अपाङ्गता भएका बालबालिका

Swastha samaj nepal

ललितपुर, । गोदावरी नगरपालिका–११ प्याङ गाउँकी ११ वर्षीया सुभद्रा महर्जन पहिले बोल्न जान्दैनथिन् ।

बौद्धिक अपाङ्गता भएकी जन्मँदादेखि बोल्न मात्र होइन जुत्ता उल्टो सुल्टो वा दाँत माझ्ने पनि थाहा थिएन । बज्रबाराही बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रमा आएदेखि उनी आफ्ना काम आफैँ गर्ने भएकी छन् ।

चापागाउँकी अर्की बालिका १३ बर्षीया कृष्मा महर्जनलाई लिएरै उनकी आमा ज्याला–मेला जान्थिन् । बौद्धिक अपाङ्गता भएकी कृष्मा नयाँ मान्छे देख्दा नै भाग्ने गरेको शिक्षक बताउँछन् ।

अहिले भने उनी सकारात्मक परिवर्तन आएको छ । आफ्ना काम गर्न र सामान्य लेख्न र पढ्न जान्ने भएको छन् । गीत गाउन र नाच्न औधी रुचाउँछिन् ।

सेवा केन्द्रमा कार्यरत शिक्षक कमला हुमागाईं तिमल्सिना दिवा सेवा केन्द्रमा आएपछि बौद्धिक अपाङ्गता भएका बालबालिकामा कुनै न कुनै खालको सकारात्मक परिवर्तन आइरहेको बताएकी छन् । कुनै बालबालिकामा थोरै भएपनि कसैमा भने चामत्कारिक परिवर्तन आएको छ ।

बालबालिकाले यहाँ बोल्न, हिँड्न, जुत्ता, लुगा लगाउन, शौचालय जान सिक्छन् । दाँत माझ्न्, हात–खुट्टा धुनेलगायत सरसफाइमा समेत ध्यान दिन सिकाइन्छ ।

आफ्ना सामान्य कामसमेत नजानेर ठूला भइसक्दासमेत अभिभावकमा आश्रित बालबालिका आफ्नो काम आफैँ गर्ने भएको शिक्षक हुमागाईं बताइन् । उनी भन्छिन पहिले के बोलेको भन्ने नबुझिने बालबालिका पनि अहिले राम्रो सञ्चार गर्न सक्ने भएका छन् ।

ज्याला–मेला गरेरै जीविकोपार्जन गर्न बाध्य कतिपय अभिभावकले पहिले सन्तानका कारण काम गर्न पाएका थिएनन् । उनीहरु भन्दा साना भाईबहिनी जन्मँदासमेत बौद्धिक अपाङ्गता भएका यी बालबालिकाको स्याहार रतिभर कम गर्न अभिभावकले पाएका हुँदैनन् । अभिभावकले सन्तान यहाँ ल्याएपछि ढुक्कले काम गर्न पाएको उनले बताइन् ।

कतिपय बालबालिका तरकारी काट्ने, सरसफाइ जस्ता सामान्य कामसमेत गर्न जान्ने भएको शिक्षिका हुमागाईंको भनाइ छ । घरमा एक्लै बस्ने बालबालिका समूहमा बस्दा सामाजिक बन्दै गएका छन् ।

बौद्धिक अपाङ्गता भएका कतिपय बालबालिका बोल्न सक्दैनन् । उनीहरु समेत साथीहरुसँग साङ्केतिक रुपमा सञ्चार गरेको देखिन्छ । सेवा केन्द्रमा अहिले विभिन्न उमेरका गरेर २० बालबालिका अध्ययनरत छन् । बौद्धिक अपाङ्गता आमा समूहले झण्डै पाँच वर्ष पहिले केन्द्र सुरु गरेको थियो ।

सुरुमा गैरसरकारी संस्थाले पनि यसलाई सहयोग गरेपनि अहिले कतैबाट सहयोग नहुँदा सञ्चालन गर्न कठीन भएको बताएकी छन् । जिल्ला शिक्षा कार्यालयले दिएको एकजनालाई आएको तलबबाट बाँडेर कार्यरत अरु ३ कर्मचारी काम गरिरहेका छन् ।

आर्थिक अभावले गर्दा बालबालिकालाई एउटै कोठामा राखेर पढाउनु परेको हो । टेलिभिजन देखाएर वा डमीबाट उनीहरुलाई सिकाउन पाए अझै सजिलो हुने थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...