सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन प्रधानमन्त्रीको निर्देशन

Sher bahadur deuba

काठमाडौं । काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका सचिवहरुसँग छलफल गरेका छन् ।

अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवसँग आइतबार छलफल गर्न लागेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काम सम्पन्न गर्न निर्दशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...