८ औँ सार्क सम्मेलनबाट गृहमन्त्री शर्मा स्वदेश फिर्ता

Unnamed (2)

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले क्षीलंकाको कोलोम्बोमा आठौँ सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई शुक्रबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले बैठकमा सार्क राष्ट्रहरुका नागरिकहरुले सार्क राष्ट्रहरुमा अवागमन गर्दा भिषा प्रकृयालाई सरलीकरण गर्ने निर्णय गरेको जानकारी गराए ।

मन्त्री शर्माले सार्क भिषा एक्जीम्सन स्टिकर स्किमको विकास गर्ने विषयमा छलफल भएको बताउदै कार्यान्वयनमा जान बाकी कार्य छिटो सम्पन्न गर्ने बताए ।

बैठकमा सार्क राष्ट्रहरुमा रहेका प्रहरी सँगठनहरुकाबिच सहयोग र समझदारी विकास गर्न सार्क राष्ट्रहरुका प्रहरीहरुको सम्मेलन आगामी सेप्टेम्बर महिनामा नेपालमा आयोजना गर्ने निर्णय भएको छ ।

गृहमन्त्री शर्मा, सचिव लोक दर्शन रेग्मी, प्रवक्ता दिपक काफ्ले गत मंगलबार क्षीलंका प्रस्थान गर्नु भएको थियो । सोही क्रममा आतंकवाद, क्रसबोर्डर अपराध, लागु औषधको ओसारपसार लगायतका अपराधिक गतिविधिहरुको भत्र्सना गरिएको थियो ।

गृहमन्त्री शर्माले बैठककाबिचमा क्षीलंकाका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, कानुन र व्यवस्था मन्त्री लगायतका उच्चपदस्त अधिकारीहरुसँग भेटघाट गर्नु भएको थियो ।

यसैगरी मन्त्री शर्माले सुचना प्रविधिको बढदै गएको विकाससँगै साइबर क्राइम नियन्त्रण गर्ने सम्बन्धमा छलफल भएको बताए । साथै सार्क राष्ट्रहरुको पर्यटन विकास र आर्थिक सहयोग वृद्धि लगायतको विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...