बजेट रित्याउने सरकारी कार्यालयको ब्रह्मलुट, कर्मचारी बिदेश शयरमा

Mahalekha

काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी मुलुकभरका सरकारी कार्यालयले साधारण (चालू) खर्चमा ब्रह्मलुट गरेका छन् । यस वर्ष असार १७ देखि बजेट रित्याउने काम भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेका छन् ।

कार्यालय प्रमुख, प्रशासन, लेखा, स्टोरलगायत फाँटका कर्मचारीबीचको मिलेमतोमा साधारण बजेटको अर्बौं रुपैयाँ लुटिएको हो । विगतमा पनि उच्च सरकारी अधिकारीको गैरजिम्मेवारीका कारण आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने काम हुँदैआएको थियो ।

सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको सुरुदेखि साधारण बजेट खर्च दैनिक औसतमा १ अर्ब २८ करोड हुँदै आएको थियो । असार १७ देखि भने दैनिक ४/५ अर्ब रुपैयाँसम्म खर्च गरिएको छ। वर्षको अन्य दिनको तुलनामा असार १७ पछिको खर्च चाररपाँच गुणा बढी हो ।

महालेखाका अनुसार असार १७ सम्ममा साधारण बजेटको खर्च चार खर्ब ५२ अर्ब रुपैयाँ भएको थियो । यो औसतमा एक अर्ब २८ करोड हो। तर, यसको १० दिनपछि (असार २७, एउटा शनिबारबाहेक) सम्म खर्च चार खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । सरकारी तथ्याङ्कले पछिल्लो १० दिनमा मात्र साधारण बजेटतर्फको ४७ अर्ब रुपैयाँ खर्च भएको देखाउँछ।

पछिल्लो दुई महिनामा उच्च तहका सरकारी कर्मचारी सहभागी भएका विदेशका कार्यक्रममा राज्यको धेरै रकम खर्च भए पनि उपलब्धि भने ज्यादै न्यून रहेको पाइएको छ ।

यता, अध्ययन भ्रमण, अवलोकन भ्रमण, अनुभव आदानप्रदान जस्ता विषयमा राज्य ढुकुटीबाट मोटो रकम खर्च गरेर सरकारका सचिवहरु संसारका विभिन्न देशमा पुग्ने गरेका छन् । तर, उनीहरुको भ्रमण उपलब्धिमूलक हुन सकेको छैन ।

पछिल्लो दुई महिनामा १ हजार चार सय ४२ कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमणमा गएका छन् । मुलुक स्थानीय तहको चुनावमा होमिएको र आर्थिक वर्ष सकिनै लागेका बेला निजामति कर्मचारीको ठूलो समूह विदेश भ्रमणमा गएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत यस्तो भ्रमण अझै केही साता हुनेछ ।

सरकारका एक सचिव मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल डेनमार्क र अमेरिका पुगेका छन् ।
साभार : नागरिक दैनिक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...