नवलपरासीको जनता उमावि २ जनाले मात्र गरे मतदान

केन्द्रमा मतदाता भोट हाल्न गएनन्

Nowalparasi

नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको बडा नम्बर ६ स्थित जनतामावि मतदान केन्द्रमा जम्मा २ जनाले मात्रै मतदान गरेका छन् ।

सो मतदान केन्द्रमा ५ सय २ मतदाता रहेको भएपनि दिउँसो २ ः १५ बजेसम्म जम्मा २ जनाले मात्रै मत खसालेको निर्वाचन अधिकृत लीलाधर शर्माले बताए ।

साविकको हुजहवा गाविस बडा नम्बर २ बाट आएका उनीहरुले गाविसका अरु वडालाई सरावल गाउँपालिका बडा नम्बर ७ मा राखेर आफूहरुलाई भने बडा नम्बर ६ मा राखेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सोहि असन्तुष्टिको कारण उनीहरु मत खसाल्न नगएको हो ।

बडा नम्बर ६ मा जम्मा ३ हजार ४ सय ६५ मतदाता रहेका छन् भने जनता उमावि मतदान केन्द्रमा जम्मा २ भोट मात्रै खसेको हो । ५ सय २ मध्ये ४ सय ४१ जनाले मतदाता परिचय पत्र लगेको भएपनि असन्तुष्टिका कारण भोट हाल्न नगएका हुन् ।

 

 

प्रतिकृया दिनुहोस