१२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान

Vottinh at chyasmitar

काठमाडौं । सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेको समेत जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसी मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डडेल्धुलामा ६५ प्रतिशत मतदान भएको छ ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

यो चुनावबाट प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...