दाङको तुलसीपुरमा बम विष्फोट

मतदान रोकिएन

Dang tulsipur voting.

दाङ । दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।

विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

बिहान करिब ९ ः३० बजेतिर बम विष्फोट भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

घोराही उपमहानगरपालिका १० गिठेपानीमा पनि बिष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको छ ।

 

प्रतिकृया दिनुहोस