नारायणगढ मुग्लिन सडकमा फेरि पनि गयो पहिरो  

Sadakpahiro muglin

 

चितवन, । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आइतबार अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आइतबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आइतबार पुनः पहिरो खसेको हो ।

त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मी पहिरो खसेपछि भागेर बचेको उनले बताए । सडकमा ठेकेदार कम्पनीको कन्टेनरको केही भागमा सामान्य क्षति भएको छ भने चालक भागेर बचेका छन् ।

शुक्रबार बिहान सो ठाउँमा २ हजार घनमिटरको पहिरो खसेको थियो । आइतबार खसेको पहिलो सो पहिरोभन्दा ठूलो रहेको नारायणगढ–मुग्लिन आयोजनाले जनाएको छ ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव पाँच किमी नारायणढतर्फ पर्छ । भित्तो काटेर सडक फराकिलो बनाइएको सो ठाउँमा पहिरो खसेको हो । ११ घन्टादेखि अवरुद्ध सडक खुलेको केही बेरमै पुनः पहिरो खसेपछि यात्रुको बिचल्ली भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...