पहिरोमा परि निधन भएका प्रहरीको परिवारलाई पठनपाठनको व्यवस्था मिलाउने ः गृहमन्त्री जनार्दन शर्मा  

Muglin

 

काठमाडौँ, । गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट गरे ।

गृहमन्त्री शर्माले शनिबार एक शोक वक्तव्य जारी गर्दै कर्तव्य पालनाको सिलसिलामा २ राष्ट्र सेवक गुमाउनु परेको र प्रहरी जवानद्वय लीलबहादुर चेपाङ र सन्दिप कार्की समेत बेपत्ता भएको भन्दै शोक सन्तप्त परिवार, नेपाल प्रहरीका सकल दर्जा र आफन्तमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।

इच्छामनकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाई फर्कने क्रममा खसेको अर्को पहिरोमा परी प्रहरी कर्मचारीको निधनले आफूलाई असाध्यै दुखित तुल्याएको वक्तव्यमा उल्लेख छ ।

प्रहरी कर्मचारीले कर्तव्यपालनाको एउटा मानक कायम  गर्ने उल्लेख गर्दै मन्त्री शर्माले नेपाल प्रहरी नागरिकको सेवामा सर्मपित छ, भन्ने स्थापित भएको बताए ।

गृहमन्त्री शर्माले मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबालिकाको पठनपाठन व्यवस्था मिलाउने वचतबद्धतासमेत व्यक्त गरे । गृहमन्त्रीले सोही दुर्घटनामा परी घाइते भएका ना ५ ख ७८२८ नं को ट्रकका चालक रामकुमार लामा र सहयोगी सोनु ब्लोनको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस