गोर्खाली’ भन्दा गौरब, ‘नेपाली’ भन्दा अपमान

दार्जीलिङ र काठमाडौ यसरी सुरु भयो भनाभन

Darjeling copy

काठमाडौं । भारतको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई नेपालीहरुले समर्थन गरेकोमा आपत्ति जनाउँदै ‘असमेली गोर्खा’ नामक फेसबुक पेजमा प्रश्न गरिएको छ ‘किन नेपालीहरु यतिसाह्रो मूर्ख भएका तिनीहरु के गर्न चाहन्छन् ।

गोर्खाल्याण्डलाई नेपालीहरुले समर्थन जनाएकोमा दुःखमान्दै भनिएको छ । ‘यदि गोर्खाल्याण्ड आन्दोलनलाई नेपाल र नेपालीहरुले समर्थन गर्ने हो भने यो कहिल्यै पनि सफल हुँदैन, भारत सरकारले कहिल्यै गोर्खाल्याण्ड दिँदैन ।’

असमका भारतीयले चलाएको सो फेसबुक पेजमा थप भनिएको छ ‘हामी एउटै भाषा बोल्छौं तर यसको अर्थ यो होइन कि हामीले जय हिन्दको सट्टा जयनेपाल भन्नुपर्छ ।’

नेपाल र नेपालीहरुले अपरिपक्व राजनीति गरिरहेको भन्दै भारतीय गोर्खालीको थप गुनासो छ, तिनीहरु नेपालीहरु आफूले सबथोक जानेको ठान्छन् र गोर्खाल्याण्ड आन्दोलनलाई अवरुद्ध पार्ने अवसर कहिल्यै छाड्दैनन् ।

पेजमा अगाडि भनिएको छ, ‘हामीले सोचेका थियौं कि हामी राज्य र केन्द्रीय सरकारविरुद्ध लडिरहेका छौं । अब यस्तो लाग्छ, हामीले यो धारणाले लड्नुपर्छ कि, नेपालीहरु यो प्रयास गरिरहेका छन्, यो आन्दोलन नेपालले गरेको हो ।

काठमाडौंको प्रश्नः गोर्खाली किन भन्ने

भारतीय गोर्खाहरुले आफ्नो आन्दोेलनलाई नेपाल र नेपालीहरुबाट समर्थन नजनाइयोस् भनिरहेका बेला यता नेपालमा चाहिँ भारतीयहरुले आफूलाई गोर्खाली भन्न नमिल्ने जस्ता तर्क सुरु भएका छन् ।

दुबैतर्फको यस्तो भनाभनले दार्जीलिङ र काठमाडौंवीच दूरी बढ्न थालेको देखाएको छ ।

‘असमेली गोर्खा’ को सोही पेजमा एक ‘नेपाली साथी’ ले यस्तो कमेन्ट गरेको उल्लेख छ ।

‘सबै दार्जीलिङबासी भारतीयहरु समक्ष नेपालबाट विनम्र निवेदन । गोर्खाली नेपालको पहिचान हो । तिमीले लगाउने टोपी र चलाउने खुकुरी सबै हामी नेपालीको पहिचान र स्वाभिमान हो ।जब गोर्खाल्यान्ड विषयमा तपाईंको समर्थनमा नेपालमा आवाज उठ्छ, ।

तिमीहरु ‘ब्याक अफ नेपाल’ भन्दै बिरोध गर्नु गदै छौँ । आफ्नो पहिचान बोकेको देशसँग यति नै घृणा छ भने आफूलाई गोर्खालीसँग जोडेर गोर्खाल्याण्डको माग राख्ने आधिकार तपाईहरुलाई छैन । गोर्खाली भनेको हामी नेपालवासीको पहिचान हो ।

भोलि गएर अंग्रेज नेपाल वारमा युद्ध गर्ने वीर गोर्खाली हाम्रै गोर्खाल्याण्डका हुन् भन्नहोला रे । भोलि गएर भारतले कहिल्यै नझुक्ने कहिल्यै पछि नहट्ने वीर गोर्खाली भनेका हाम्रा गोर्खाल्याण्ड राज्यका नागरिक हुन् भन्ला रे । यदि तिमी आफूलाई नेपाली हैन भन्छौ भने तिमी गोर्खाली पनि हैनौ । तिमीहरुलाई हामी मन नपर्न सक्छौं, ठीक छ । यत्ति हो कि कृपया हाम्रो पहिचानमा हस्तक्षेप नगर ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...