अमेरिका पठाउने भन्दै ठगी गर्ने १ व्यक्ति पक्राउ

Arrested

उदयपुर । अमेरिका पठाउने भन्दै ठगी गर्ने १ व्यक्ति पत्र्रmाउ परेका छन् । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्दै आएका छन् ।

आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कहिले आफ्नो स्थायी घर नुवाकोट– २ देउराली र कहिले पोखराको लेखनाथ नगरपालिका– ३ बताउने र भारतको हरियानासमेत घर बताउँदै हिँड्ने तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले तामाङको गतिविधिमा शङ्का लाग्न थालेपछि प्रहरीमा निवेदन दिएर पक्राउ गराएपछि तामाङ ठग भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक दवीप्रसाद फागुले बताए ।

केहि दिनअघि तामाङलाई श्रेष्ठको निवेदनको आधारमा प्रहरीले पक्राउ गरेपछि तामाङको साथबाट अमेरिकाको वाशिङ्टन डिसीको कृतिम परिचयपत्र, विभिन्न देशको कृतिम आवासीय परिचयपत्र र तारा एयरलाइन्सको कर्मचारीको कृतिम परिचयपत्र समेत पाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...