इटा उद्योग बाट ४५ जना भारतीय मजदुरको उद्धार  

Ittabhatta

सप्तरी । सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदुरलाई शुक्रबार उद्धार गरिएको छ ।

बिना कुनै ज्याला र मजदुरी नदिई बन्धक बनाएर श्रम गराएको भन्दै भारतको सरकारी पक्षबाट गुनासो आएपछि उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इँटा उद्योगका मालिकले मजदुरहरुलाई कुनै किसिमको ज्याला नदिई काम गराइरहेको भन्दै यहाँबाट भागेर गएका एक मजदुरले स्थानीय भारतीय प्रशासनमा उजुरी दिएपछि भारतीय पक्षले भारतीय दूतावासमार्फत पत्राचार गरेर सप्तरी प्रशासनलाई उद्धारका लागि आग्रह गरेको थियो । त्यसैको आधारमा सप्तरी प्रहरीले उनीहरुलाई उद्धार गरेको जनाएको छ ।

इँटा उद्योगका मालिकले तिनीहरुलाई काम गराउन ल्याउने ठेकेदार भारतकै विनोद रामले उनीहरुको तलब बापतको रकम लिएर गएको बताएको छ । भारतको वारिसलीगन्ज क्षेत्रका मजदुरलाई सोही क्षेत्रका रामले काम लगाइदिने भन्दै उनीहरुलाई यहाँ ल्याएका थिए ।

केही दिन काम गरेपछि मजदुरहरुले ज्याला माग्न थालेका थिए । तर इँटा उद्योग मालिकले ठेकेदार रामले रकम लिएर गएको र नर्फकेसम्म रकम दिन नसकिने बताएका थिए ।

भारतीय नागरिक बिजुली माझी, उनका ९ वर्षीय छोरा पवन माझी, १५ वर्षीया बालिका सुगमनमाकुमारी, कान्तिदेवी, कुन्दन कुमारसहित ४५ जना मजदुरलाई उद्वार गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको र उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।

सप्तरी र सिरहामा पेट्रोलको अभाव– व्यापक कालाबाजारी सप्तरी र सिरहा जिल्लामा विगत एक सप्ताहदेखि पेट्रोलको अभाव भएको छ । यी जिल्लामा सञ्चालित पेट्रोल पम्पहरुले बिक्रीवितरण नगरेपछि पेट्रोलको व्यापक कालाबजारी सुरु भएको छ ।

प्रति लिटर  एक सयका दरले बिक्री हुने पेट्रोल अहिले  १६० प्रति लिटरमा लुकिछिपी बिक्रीवितरण भइरहेको गुनासो पाइएको छ । सिरहा र सप्तरीमा करिब दुई दर्जन पेट्रोल पम्प रहेका छन् ।

नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय प्रमुख भानुभक्त खनालले सिरहा र सप्तरीमा पेट्रोल अभाव नरहेको र निरन्तररुपमा पेट्रोल बिक्री वितरण भइरहेको दाबी गरे ।

प्रत्येक दिन सिरहा र सप्तरीमा पेट्रोल र डिजेल पठाइरहेको बताउदै हिजो मात्र सिरहामा ४६ हजार लिटर र सप्तरीमा ३६ हजार लिटर विभिन्न पम्मलाई बिक्री वितरण गरेको जानकारी दिए ।

पेट्रोल अभाव सृजना गरेर कालोबजारी गर्ने काम पेटोल पम्पको छ, त्यसको अनुगमन अवश्यक रहेको उनको भनाइ छ । उता पम्म व्यवसायीहरुले विराटनगर डिपोबाट पेट्रोल वितरणामा ढिलाइ गरेका कारण पेट्रोलको बिक्री वितरणमा समस्या भएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...