सचिव सरुवा स्वभाविक प्रक्रिया हो, निर्वाचनमा कुनै असर पर्दैन् ः प्रमुख निर्वाचन आयुक्त डा. यादव

दोस्रो चरणको निर्वाचनको सम्पुर्ण तयारी पुरा, ३३४ स्थानमा कर्मचारी पुगिसके, सुरक्षा मजबुद हुन्छ

Reporters

 

 

काठमाडौं, । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै पनि असर नपर्ने बताएका हुन् ।

उनले भने,‘सचिवको सरुवाले निर्वाचनसम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अडचन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामी चुस्त, दुस्तका साथ अघि बढेका छौं, निर्वाचन आयोगले प्रणालीले चलेको संस्था हो, कर्मचारीको सरुवाले केही फरक पर्दैन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले आयोगका सचिवको सरुवालाई आफुरुले सहज रुपमा लिएको समेत स्पष्ट पारे । उनले भने,‘आयोगका सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठुलो हल्ला छ, तर  असार १४ गते हुने निर्वाचनलाई यसले कुनै असर गर्दैन, आयोगले यसलाई सहज रुपमा लिएको छ, यो एउटा स्वभाविक प्रक्रिया हो, त्यही अनुसार सरुवा भएको हो, मैले ०६३ सालदेखि अहिलेसम्म आयोगमा १३ वटा सचिवहरुको सरुवा भोगेको छु, त्यसैले यो निर्वाचन ऐतिहाँसिक रुपमा सफल हुन्छ, कर्मचारीको सरुवाले निर्वाचनलाई कुनै किसिमको प्रभाव पार्दैन् ।

यादवले भने,‘मिडियामा सचिव सरुवाका विषयमा आयोगप्रति विभिन्न टिकाटिप्पणी आए तर आयोगले सचिवको सरुवा गर्ने होइन,’ उनले भने,‘नेपाल सरकारले निर्णय लिएर सरुवा गरेको छ यसलाई म स्वभाविक रुपमा लिन्छु । प्रमुख निर्वाचन आयुक्तले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पुर्ण तयारी प७त्रगयतसरा भैसकेको उल्लेख गर्दै निर्वाचनमा उत्साहपुर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुलाई आग्रह समेत गरे ।

यादवले दोस्रो चरणको निर्वाचन अन्र्तगर्त असार १४ गते हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ कुल मतदाता रहेको बताउँदै उक्त निर्वाचनको लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेको पनि जानकारी दिए । पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचन धेरै स्थानमा भएकोले त्यही अनुसार जनशक्तिपनि बढि नै खटाईएको उनको भनाई थियो ।

उनले ३० जनामात्रै मतदाता रहेको क्षेत्रमा पनि आयोगले मतदान केन्द्र राखेको उल्लेख गर्दै भने,‘बाजुरामा जम्मा ३० जनामात्रै मतदाताहरु छन्, हामीले मतदान केन्द्रको राम्रो व्यवस्था गरेका छौं, त्यस्तै ताप्लेजुङमा पनि जम्मा ४० जना मतदाताहरु छन्, त्यहाँ पनि हामीले मतदान केन्द्र राखेका छौं।’

उनका अनुसार असार ४ गते देशभर शान्तिपुर्ण र उत्साहजनक तवरले उम्मेद्धवारी मनोनयन दर्ता भएको जानकारी दिँदै भने,‘देशभरि नै उत्साहजनक रुपमा उम्मेद्धवारी मनोनयन दर्ता भएको छ, यो सफलताको शुभसंकेत हो, मलाई विश्वास छ असार १४ गते हुने निर्वाचन पनि शान्तिपुर्ण र मर्यादित वातावरणमा सम्पन्न हुन्छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको निर्वाचनमा दलहरुलेपनि अत्यन्तै राम्रो उदाहरण प्रस्तुत गरेको स्पष्ट पारे । उनले भने,‘सबै राजनीतिक दलहरुले यो पटक अत्यन्तै राम्रो संयमता देखाए । सुझबुझपुर्ण कार्य गरिएको छ, ।

यसको लागि म उनीहरुलाई भित्रैबाट धन्यवाद दिन चाहन्छु । त्यस्तै उनले यो पटक मतदाता शिक्षा कार्यक्रमलाई पहिलो चरणकोभन्दा पनि व्यापक रुपमा जनस्तरमा पु्याईएको दाबी गरे । यादवले भने,‘मतदाता शिक्षा कार्यक्रमको व्यवस्था अत्यन्तै राम्रो ढंगले जनस्तरमा पु¥्याईएको छ, पहिलो चरणको निर्वाचनबाट पनि हामीले सिकेका छौं, पोष्टर, पर्चा, पाम्प्लेट लगायतका सामाग्रीहरुबाट हामीले मतदाता शिक्षा गाउँगाउँमा प¥याएका छौं ।’

यादवले असार ११, १२ र १३ गते मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेकोले सोही दिनमा पनि स्वयमसेवक तथा दलका कार्यकर्ताहरुबाट मतदाता शिक्षा सिकाईने जानकारी दिए । उनले मतदाता शिक्षालाई सशक्त रुपमा अघि बढाइएको बताउँदै यसको लागि प्रिन्ट मिडिया, ईलेक्टा«ेनिक मिडियापनि व्यापक प्रचार तथा प्रसार गरिएको जनाए । यादवले यो पटकको निर्वाचनमा पहिलो चरणको भन्दा पनि बढि मत खस्ने आफुहरुले विश्वास लिएको बताए ।

उनले भने,‘पहिलो चरणमा ७.४ प्रतिशत मत खसेको थियो, । दोस्रो चरणमा त्यो भन्दापनि बढि मत खस्छ । उनले प्रत्येक निर्वाचन केन्द्रमा आयोगका कर्मचारीहरु पुगिसकेको समेत जनाए । यादवले भने,‘प्रत्येक मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेका छन्, उनीहरु मतपत्र, मसी, स्ट्याम्प लिएर सेक्युरिटी मेटरियल लिएर मतदान केन्द्रमा पुगिसकेको छ ।’

उनले कतिपय निर्वाचन क्षेत्र विकट, हिमाली र उच्च पहाडी क्षेत्रमा पर्ने भएकोले आयोगले कर्मचारीहरु अघि नै खटाईसकेको बताए । त्यस्तै यादवले यो पटकको निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्नको लागि व्यवस्थापन गरिएको समेत जानकारी दिए ।

प्रमुख निर्वाच आयुक्त यादवले चुनाव भनेको दलीय प्रतिष्पर्धा भएकोले यसमा निर्वाचन आचारसंहिता उल्लंघन नहोस भनेर आयोगले कडाईका साथ आचारसंहिता पालना भए नभएकोबारे बुझ्न अनुगमन टोली समेत खटाईरहेको बताए ।

उनले भने,‘आचारसंहिताको परिधिभित्र रहेर खर्च गरेको छ कि छैन भनेर हामीले अनुगमन गरिरहेका छौं।’ उनले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्नको लागि प्रत्येक जिल्लामा सह–सचिवको नेतृत्वमा अनुगमन टोली खटाईएको पनि जानकारी दिए ।

त्यस्तै आयोगले निर्वाचन आचारसंहिता अनुगमनको लागि सुक्ष्म अनुगमन टोली समेत खटाएको जनाए । उनले भने,‘हामीले सुसक्ष्म रुपमा अनुगमन टोली पनि खटाएका छौं, त्यस्तै मिडियाले पनि यसबारेमा चनाखो भएर काम गरिरहेक छन् ।, निर्वाचन आचारसंहिता उल्लंघन भएको थाहा पाए आयोगले कडाइएका साथ कारवाही समेत गर्छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गराउनकोलागि सरकारले गम्भिरताका साथ सुरक्षा निकायलाई खटाईरहेको उल्लेख गर्दै भने,‘सरकारले गम्भिरताका साथ सुरक्षा निकायलाई डिप्लोए गरेको छ, निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनकै लागि गृहमन्त्री जनार्दन शर्माज्युको नेतृत्वमा सुरक्षा निकायको गोष्ठीहरु समेत बसेका छन् ।’

यद्धपी उनले निर्वाचनको विरोधमा भएका केही पोलिटिकल थ्रेटलाई मध्येनजर गरेर सुरक्षा निकायले त्यस्ता निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा समेत लिएको जानकारी दिए । उनले भने,‘जनताको मत प्रयोग गर्ने अधिकारलाई अवरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।’

प्रतिकृया दिनुहोस