देउवाले तोड्लान् एमालेको तगारो ?

Sher bahadur

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेसँगै भोली हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन धरमरमा परेको छ ।

भरतपुरमा मतगणना हुनुपर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएको एमालेले आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ ।एमालेले भोली पनि संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । एमालेले संसद अवरुद्ध गरे प्रधानमन्त्रीको निर्वाचन पर धकेलिने निश्चित बन्दै गएको छ ।

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बनाउनुपर्ने प्रावधान अनुसार भोली ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । वर्तमान गठबन्धनबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध एमालेले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको भए पनि निर्वाचन आयोगको निर्णयपछि एमाले प्रधानमन्त्री निर्वाचनबाट पछि हटेको छ ।

भोली राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको निर्वाचन गर्ने पत्र पढेपछि मतदान प्रक्रिया अघि बढ्ने संसद सचिवालयको तयारी थियो । तर, निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेकाले एमालेले संसदमा अवरोध गर्ने संसदीय दलका नेता भानुभक्त ढकालले बताए ।

एमालेले संसद अवरुद्ध गर्ने पक्कापक्की भएसँगै देउवा तत्काल प्रधानमन्त्री बन्ने सम्भावना टरेको छ । देउवा प्रधानमन्त्री बन्न एमालेले संसद खोल्नुपर्ने हुन्छ । तर, एमाले निर्वाचन आयोगको निर्णयपछि असन्तुष्ट बनेकाले देउवालाई एमालेको तगारो हटाउन फलामको च्यूरा चपाउनु सरह हुने जानकारहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...