देउवाले गरे उम्मेदवारी दर्ता

Sherbdr

काठमाडौं, । भोली हुने प्रधामन्त्रीको निर्वाचनमा अहिलेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक रहेर देउवाले आज संसद सचिवालयमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनलाई टक्कर दिन एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवार बनाउने घोषणा गरे पनि अहिलेसम्म उम्म्ेदवारी दर्ता गराएका छैनन् ।

देउवाका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेमवहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का समर्थक रहेका छन् ।


उम्मेदवारी दर्ता गर्न देउवासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, रामचन्द्र पौडेल, शेखर कोइरालालगायत कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको उलेख्य उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...