मेयरले लगाए सडकमा झाडु

Meyar ko hatma jhadu

काठमाडौं । विहीबार विहान महारागञ्ज चोकदेखि बासबारीसम्मको दृष्य हेर्न लायक थियो । अरुबेला कुरा मात्र गर्ने नेताहरु विहीबार हातमा कुचो बोकेर सडकमा निस्किएका थिए ।

यो दृष्य बुधबार मात्रै पदभार सम्हालेका काठमाडौं महानगरपालिकाका मेयर, यपमेयर तथा वडा सदस्यहरुले हातमा कुचो लिएर सडक सफा गर्दाको हो ।

गरे के हुन्न र भन्ने कुरा विहिबार देखिएको यो दृष्यले प्रमाणित गरिदिएको छ । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । त्यसैको दृष्य थियो यो ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेकै भोलीपल्ट यो अभियान सुरु भएको छ ।

कोर्ट पाइन्टमा चिटिक्क परेर पुगेका शाक्यले पनि केहीबेर सडक सफा गरेका थिए ।

विहीबार न्यूरो अस्पताल बासबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...