वैकल्पिक शक्तिको खोजी हुँदैछ : ढकाल

Ekanatha dhakal

कैलाली । पछिल्लो समयमा काठमाडों उपत्यकाका मतदाताले ठूला दल भन्दा पनि वैकल्पिक शक्तिलाई विश्वास गरेको देखिन्छ । त्यसैलाई आधार मानेर सानो दलमध्येको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना राजनीतिक दलको विकल्प खोजिनुपर्ने बताएका छन् ।

पूर्वमन्त्री ढकालले पुराना राजनीतिक शक्तिबाट जनताले केही पाउन नसकेका कारण ठूला दलको विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् ।

परिवार दलको आयोजनामा प्रदेश नम्बर ७ स्तरीय कार्यक्रममा ढकालले सचेत मतदाताले प्रतिबद्धता पूरा नगर्ने पार्टीलाई सधैं अंगाल्न नुहने बताए । उनले अहिले परिस्थिती बदलिन थालेकाले उचित विकल्प रोज्न सक्नुपर्ने दावी गरे ।

उनले लोकतन्त्र र विकासले सार्थकता पाउनका लागि पनि वैकल्पिक शक्तिको आवश्यकता रहको उनले औल्याए । ‘अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्छ’ उनले भने, ‘परिवार दल नेपालको राजनीतिमा वैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष्यका साथ अगाढि बढेको छ । त्यसका लागि स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्नुपर्छ ।’

अध्यक्ष ढकालले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन लागेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हामी खुसी छौं, समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने छ ।’

मुलुकमा बढ्दो राजनैतिक हस्तक्षेप र भागबन्डाले सुशासन, न्याय र विकास निर्माण प्रभावित भएकोमा अध्यक्ष ढकालले चिनता व्यक्त गरे । उनले भने, ‘गलत कामको खबरदारी गर्न र नयाँ मोडेलको विकास हेर्न पनि मतदातासँग परिवार दलको पक्षमा मतदान हुने नै छ ।’ भ्रष्टाचार, सामाजिक बिकृति र विसंगतिको विपक्ष तथा सत्य, शान्ति र बिकासको पक्षमा नेपाल परिवार दल उभिएको दावी गरे ।

अध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रवेश गर्नेहरुलाई पार्टी प्रवेश गराएका थिए ।

दलका प्रदेश नम्बर ७ का संयोजक नविन बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेद्वार खडक सिंह नागरी, उपमेयरका उम्मेदवार निर्मला श्रेष्ठ, शालिकराम चौधरी, इद्रिस मोहमद लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...