विश्व किर्तिमानी खगेन्द्र थापापमगर आइसियु भर्ना

हेमोग्लोविन कम भएपछि रगत चढाइयो

Pokhara

पोखरा । होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्य नाजुक बनेको छ । उनको स्वास्थ्यमा थप स्वास्थ्य समस्या देखिएपछि सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको छ ।

एक सातादेखि स्वास्थयमा सामान्य समस्या देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थापाको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सघन उपचारकक्ष (आईसियु) मा भर्ना गरिएको हो ।

मंगलवार थापा अचानक बेहोस भएपछि थप उपचारकोलागि आईसियुमा भर्ना गरिएको उनका बाबु रुपबहादुर थापाले बताए । अस्पतालमा उपचाररत थापाको अचानक बिग्रिएको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न डाक्टर कमल कुमालले बताए ।

डाक्टर कुमालका अनुसार थापाको रक्तचाप कम (हाईपोटेन्सन) भएका कारण स्वास्थ्यमा समस्या आएको हो । अहिले थापाको स्वस्थ्यमा क्रमिक सुधार आएको छ । सुरुमा थापाको स्वासप्रश्सास, हेमो ग्लोविन कमी, सेतो रगत आवश्यकभन्दा बढी देखिएको कारणले एक हप्तादेखि अस्पतातमा उपचार भइ रहेको छ ।

हेमोग्लोविन कम भएपछि थापालाई रगतसमेत चढाएको डाक्टर कुमालले बताए । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र थापाले विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा रेकर्ड कायम गरेका थिए ।

विश्व रेकड कायमगरेको ८ महिनामा रेकर्ड भंग भएको थियो । उनको नामबाट खगेन्द्र थापा मगर प्रतिष्ठानको स्थापना गरेर विश्व रेकड कायम गराउन मीनबहादुर राना लगायतले पहल गरेका थिए । थापा नेपालकै गौरव भएकोले उनको उपचारमा अस्पतालले निःशुल्क गरिदिएको छ ।

प्रतिकृया दिनुहोस