यस्ता छन् सरकारी प्राथमिकतामा परेका कार्यक्रम

पुराना कार्यक्रममै बजेट धेरै

Mahara 2

काठमाडौं । पहिलोपटक बजेट भाषण गरेका अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्षका प्रमुख कार्यक्रम प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री महराले नयाँ कार्यक्रम नल्याए पनि पुराना कार्यक्रमै पैसा खर्चिने योजना अघि सारेका छन् ।
अर्थमन्त्री महराले निम्न कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

–राजश्व प्रणालीमा दिगो बृद्धिदर हासिल गरी संघीय प्रणाली अन्तर्गत कार्यन्वयन गरिने ।
–मदिरा र सुर्तीजन्य पदार्थको भन्साररराजश्व शुल्क बढाइनेछ
–हुण्डी तथा बिदेशी मुद्राको अपचलन दर नियन्त्रण गरिनेछ
–उच्च स्तरीय सार्वजनिक खरिद सुझाव आयोग गठन गरिनेछ
–ठेकेदारहरूले एक भन्दा बढी सहायक ठेक्का दिन पाउने छैन –सहायक ठेक्काका लागि पनि सम्बन्धित योजना प्रमुखको लिखित सहमति लिनुपर्ने
–सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको स्तरोन्नती गरिने
–सरकारले सञ्चालन गर्न नपर्ने संस्थानहरूलार्इ अलग बनाइने ।
–काठमाडौंसहित अन्य प्रमुख शहरबाट २० वर्ष पुराना गाडी विस्थापित गरिने
–सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइने
–सीमान्तकृत समुदाय र गरिव घरपरिवारका लागि सौर्य उर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइने ।
–देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिने ।
–बित्तीय क्षेत्र बिकास रणनीतिलार्इ कार्यन्वयन गरिने ।
–बिदेशमा रहेका नेपाली बैज्ञानिकहरूलार्इ नेपालमा आएर योगदान गर्न प्रेरित गरिने ।
–गरिव घरपरिवार पहिचान भएकाहरूलार्इ परिचयपत्रको ब्यवस्था गरिने ।
–बाँकी ५० जिल्लामा गरिव घरपरिवारको पहिचान सुरू गरिने ।
–अवैध मोवाइल पैठारी नियन्त्रण गर्न इएमइ नम्बर दर्ता अनिवार्य गरिने ।
–सरकारी सूचना सहज ढंगले उपलब्ध गराउन सूचना विभागमा सूचना बैंक स्थापना गर्ने ।
–हरेक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने ।
–त्रिभुवन विश्वविद्यालयमा विज्ञान सहर स्थापना गरिने ।
–आगामी आर्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइने ।
–सर्जको रोयल्टी भुक्तानीलाई व्यवस्थित बनाइने ।
–जनयुद्ध संग्रहालय निर्माणको कार्य गरिने ।

–आगामी आर्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइने ।
–देशभरीका संग्रहालय र गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिइने ।
–श्रम बजारको आवश्यकता अनुकुल सीप विकास कार्यक्रम अगाडि बढाउने ।
–बालश्रम निवारण १० बर्षभित्र गरिनेछ र त्यसका लागि गुरूयोजना तयार पारिने ।
–प्राविधिक विषयमा स्नातक तह अध्ययन गरेका र अन्य विषयमा स्नातकोत्तर गरेकालाई एक वर्ष स्वयंसेवामा लगाइने ।
–३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा ।
–वीर अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार सहित आगामी वर्ष गुरुयोजना सहित निर्माण अगाडि बढाइने ।

–क्यान्सर मुटु कलेजो र मृगौला उपचार निशुल्क ।
–सरकारी छात्रवृत्तिमा एमडी र एमबिबिएस गरेकाले दुर्गममा सेवा गर्नैपर्ने ।
–काठमाडौंको केही शहरी क्षेत्रमा विजुलीको तारहरु भूमिगत रुपमा विस्तार गरिने
–निर्वाचन क्षेत्र विकास कोष यथावत ।
–कोटेश्वर सूर्यविनायक मार्गलाई सुरुङ मार्ग बनाउने र त्रिभुवन विमानस्थलको धावनमार्ग बढाउने ।
–संसदहरूले छनौट गरेका आयोजना सम्पन्न गर्न सबै कार्यक्रमहरू यथावत ।
–आवास सेवामा सबैको पहुँच पुर्‍याउने ।
–जनता आवास कार्यक्रमलाई निरन्तरता ।
–एकीकृत सरकारी कार्यालय भवन निर्माण गर्ने नीति अबलम्बन गरिने। सरकारी जग्गा सट्टापट्टा गरिने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...