कामिनीविरुद्ध किन खनिदैछन् भेण्डर र कर्मचारी ?

फोरजी सेवा असफल बनाउन लागे आफ्नै कर्मचारी

Kamini

काठमाडौं । अहिले सरकारी कम्पनीमध्ये सबैभन्दा नाफामा गएको कम्पनीको नाम हो नेपाल टेलिकम । यसले सरकारलाई मात्रै होइन, ग्राहकको सुलभ सेवाका लागि केही समयअघि मात्र फोर जी सेवा सञ्चालन गरेको छ । तर, त्यसैको प्रवन्ध निर्देशकमाथि नै कर्मचारी जाइलाग्न थालेका छन् ।

यो पत्याउन गाह्रो होला । तर, नेपाल टेलिकमलाई समृद्धिको बाटो ल्याउन सफल प्रवन्ध निर्देशक कामिनी राजभण्डारीविरुद्ध टेलिकमकै कर्मचारी संगठित रुपमा लाग्न थालेका छन् ।

कम्पनीको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट ८ महिनाअघि नियुक्त भएकी प्रबन्धक निर्देशक राजभण्डारीले वर्षौदेखि रोकिएको फोरजी सेवा सञ्चालनमा ल्याएकी थिइन् । उनी टेलिकममा आएपछि नेपाल टेकिमलाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न थालेको छ । तर, तिनै प्रबन्ध निर्देशक राजभण्डारीलाई सिध्याउन आफ्नै कार्यालयका कर्मचारीहरु लागेको पाइएको छ ।

तर, त्यसलाई वेवास्था गर्दै उनले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन पछि परेकी छैनन् । उनकै पहलमा देशको कुनाकुनासम्म फोरजी सेवा उपलब्ध भएको छ ।

उनको यो योगदानलाई कदर गर्नुका सट्टा टेलिकमबाट आव्हान भएका टेण्डरहरु र कर्मचारी लगायतका सम्बन्धमा कडाइका साथ निर्णयहरु गर्ने तथा कार्यान्वयन गर्न थालेपछि त्यसविरुद्ध आफ्नै कार्यालयका कर्मचारी लाग्न थालेका छन् । ती कर्मचारीहरुले कामिनीले भ्रष्टचार गरेको दुष्प्रचार गर्न थालेका छन् ।

पैसामा समाचार
समाचार लेखेवापत कसैले पैसा लिनु हुँदैन’ नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले आचार संहिता नै बनाएको छ । तर, कामिनी विरुद्ध लागेका कर्मचारीले केही पत्रकारलाई पैसा दिएर समाचार लेख्न लगाएके प्रमाण फेला परेको छ ।

टेलिकमले प्रक्रिया पु¥याएर टेण्डर आब्ह्वान गरेपछि चलखेल हुन थालेको भन्दै कामिनीले कडाई गरेकी थिइन् । तर, त्यसविरुद्ध पनि केही कर्मचारीको मिलेमतोमा अख्तियारलगायत विभिन्न निकायमा उजुरी गर्न पुगेका थिए । तर, अख्तियारले ती प्रति वेवास्था गरेपछि उनीहरुले विभिन्न स१चारमाध्यमका सीमित पत्रकारलाई पैसा खुवाएर कामिनीविरुद्ध अर्नगल समाचार प्रकाशन गर्न लगाउन थालेका छन् ।

नेपाल टेलिकमको नेतृत्व र अन्य केही इमान्दार कर्मचारीविरुद्ध मिडियामा गलत सूचना उपलब्ध गराई प्रचारबाजी गराउन सघाउनेमा टेण्डर सम्बन्धमा भेण्डरलाई सघाउन प्रयास गर्ने केही उच्च तहका कर्मचारी र पूर्वप्रबन्ध निर्देशकको पालामा हालिमुहाली गरेर ब्रम्हलुट गर्ने दुईजना कर्मचारीहरु समेत छन् ।

किन खनिए कर्मचारी ?
८ महिनाअघि खुल्ला प्रतिष्पर्धाबाट कामिनी नेपाल टेलिकमको इतिहासमा पहिलो महिला प्रवन्ध निर्देशक बन्न सफल भएकी थिइन् । अहिले टेलिकमले विभिन्न प्रकारका टेण्डर आव्हान गरेको छ । सो टेण्डर उनी प्रबन्ध निर्देशक नियुक्त हुनुअघि नै तयार भएको थियो । तर, अघिल्लो कार्यकालका प्रवन्ध निर्देशकले आर्थिक चलखेललदे गर्दा निर्णय गर्न सकेका थिएनन् ।

नियमपूर्वक टेण्डर खोल्न थालेपछि आफ्नो स्वार्थ पूरा नभएका भेण्डरहरु कामिनीविरुद्ध आक्रामक बनेर खनिएका छन् ।

टेण्डर पाउनेले भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डरले लोभलालच, माथिल्लो निकायबाट दबाब र धम्की दिए पनि टेण्डर नपाएपछि सो भेण्डर कामिनी र अरुकर्मचारीविरुद्ध खनिन थालेको छ । टेण्डर मुल्यांकनका क्रममा उक्त भेण्डरले पेस गरेको एक कागजात समेत नक्कली पाइएको थियो ।

ती भेण्डरले नेपाल टेलिकमकै टावरसम्बन्धी अर्को टेण्डरमा पनि अरुभन्दा निकै बढी रकम कोट गरी पेश गरेका थिए । सो टेण्डर हात पार्न पनि उनले विभिन्न लोभ लालच, धम्की र दबाब दिएका छन् । ठूलो दबाब र धम्कीहरु आउन थालेपछि मूल्यांकन समितिमा नै विवाद उत्पन्न भएपछि उक्त टेण्डर रद्द गरिएको छ ।

त्यसपछि पनि कम्पनीले आव्हान गरेका अरु टेण्डरमा भाग लिँदा निजले अरुभन्दा निकै बढी रकम प्रस्ताव गर्ने तर माग बमोजिमका कागजात पेश नगर्ने बरु दबाब र दादागिरीको भरमा टेण्डर हत्याउन खोज्ने गरेको पाइएको छ ।

कामिनीले आफु विरुद्ध जतिसुकै कर्मचारी लागे पनि कहिले गलत बाटोमा नहिड्ने बताइन् । उनले भनिन्, ‘मैल टेलिकममा आजसम्मका प्रबन्ध निर्देशक मध्येमा टेलिकमलाई माया गरी रातदिन नभनीकन खटेर र टेलिकमलाई माथि उठाउने काममा लागेको बेला मलाई कमजोर बनाउने प्रयत्न भएको छ, म त्यसविरुद्ध डटेर काम गर्छु ।’

फोरजीमा लाग्यो आँखा
उक्त भेण्डर र नेपाल टेलिकमभित्र रहेका केहीले नेपाल टेलिकमको भविष्य गाँसिएको फोरजीलगायत विकासका काममा अवरोध गर्ने, वृत्ति विकास भएका कर्मचारीको वृत्ति विकासमा नै असर पर्नेगरी नियुक्ति पाएर जानुपर्ने नयाँ ठाउँमा जान नदिने, कम्पनीलाई नै अस्तव्यस्त बनाई प्रतिस्पर्धी कम्पनी एनसेललाई लाभ पु¥याउने जस्ता कार्य गरिरहेका छन् ।

मुलुकलाई सबैभन्दा बढी राजश्व बुझाउने र सबैभन्दा बढी नाफा कमाइरहेको नेपाल टेलिकमलाई अस्तव्यस्त बनाई कम्पनीका केही स्वार्थी कर्मचारी र भेण्डर निरन्तर लागिरहेको थाहा पाएपछि टेलिकमका उच्च तह छानविनमा लागेको छ ।

सञ्चार मन्त्रालयले पनि त्यस्ता व्यक्तिलाई कारवाही गर्न निर्देशन दिएपछि कारवाहीके प्रक्रिया अघि बढिसकेको बताइएको छ । उक्त भेण्डरलाई यस किसिमको गतिविधिमा निरन्तर संलग्न भएमा ब्ल्याकलिष्टमा राख्न र कम्पनी विरुद्धको गतिविधिमा लाग्ने कर्मचारीलाई कडा कारवाही प्रक्रिया थाल्नसमेत मन्त्रालयले निर्देशन दिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...